आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सन्दर्भः धन्वन्तरी जयन्ती

‘शल्यचिकित्साको सुरुआत धन्वन्तरीले गरेका हुन्’

आइतबार, ०६ कात्तिक २०७९, १७ : ०६
आइतबार, ०६ कात्तिक २०७९

चिकित्सक र  आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदै छ । जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धतिका प्रवर्तक थिए धन्वन्तरी । भगवान् धन्वन्तरीको आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो ५ हजार वर्ष अगाडिको चिकित्सा पद्धति मानिन्छ । विश्वमा अहिले पनि आयुर्वेदिक चिकित्सा पद्धतिको प्रभावमा कमी आएको छैन । मानवतालाई धन्वन्तरीको अनुपम देन हुन् ।  

कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धन्वन्तरी अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट भएको धार्मिक कथन छ । आयुर्वेद आयु र वेद गरी दुई शब्द मिलेर बनेको हो । आयुर्वेद भन्नाले आयुको ज्ञान भनेर बुझिन्छ ।   

जडीबुटी आयुर्वेदसँग सम्बन्धित कुरालाई भगवान् धन्वन्तरीले संग्रह गरेर अनुसन्धन गरी धन्वन्तरी संहिता बनाएका थिए । अर्को ऐतिहासिक किम्वदन्तीअनुसार काशीमा एकजना काश नाम गरेका राजा थिए । ती काश राजाका छोरा धन्नु थिए । धन्नुका छोरा धन्वन्तरी थिए । तत्कालीन समयमा राजा धन्नुले विभिन्न दवीदेवताको उपासना गरेपछि धन्वन्तरीको जन्म भएको उल्लेख छ । त्यसैले धन्वन्तरी नै आयुर्वेदको व्याख्याता हुन् ।

धन्वन्तरी संहिताअनुसार सर्जरी अर्थात् शल्यतन्त्रसँग यो जोडिएको छ । यस्तै जडिबुटीको बारे पनि यस संहितामा गरिएको छ । जस्तै, शरीरमा घाउ कसरी आउँछ, चोटपटक कसरी लाग्छ ? त्यसको उपचार गर्दा त्यसमा विभिन्न काठको छेस्का, फलामका टुक्रा, माटोको टुक्राबाट घाउमा गढेका कुरा कसरी निकाल्ने लगायतका कार्य बारेको वर्णन गरिएको छ ।

शल्यचिकित्सकको सम्प्रदायलाई धन्वन्तरी सम्प्रदायका रुपमा लिइन्छ । चिरफार गर्ने समूहलाई धन्वन्तरी मान्ने गरिन्छ । यसरी तथ्य के भेटिन्छ भने जसले शल्यचिकित्साको काम गर्छन्, उनीहरुले धन्वन्तरी भनेर उल्लेख गरेको पाइन्छ ।

यो दिवस मनाउनुको मुख्य उद्देश्य चिकित्सा क्षेत्रको सबैभन्दा पहिलो संहिता भएकाले हो । यस संहितामा विभिन्न खालका उपसमूहहरु चोटपटक कसरी लाग्छ, युद्धमा बाणको चोटपटकको उपचार कसरी गर्ने आदिको बारेमा वर्णन गरिएको छ ।

  नर्से र नसर्ने रोग दुवैको आयुर्वेदको विभिन्न चिकित्सा विधिबाट उपचार गरिन्छ । चिकित्सा शास्त्र, चिकित्सा ग्रन्थमा यसबाट विधि निदान, चिकित्साका उपक्रम, औषधोपचार, वंशाणुको रोगको बारेमा उल्लेख गरेको पाइन्छ । त्यसैले नेपालमा आयुर्वेद चिकित्साका जननी ऋषि धन्वन्तरी र आरोग्य दिवस मनाइन्छ । आजकै दिन भारत र श्रीलङ्काले धन्वन्तरी दिन, आयुर्वेद दिवस भनेर मनाउँछन् । 

नेपालको सन्दर्भमा राष्ट्रिय आरोग्य दिवस मनाउन थालिएको हो । नेपालमा राजनीतिक प्रतिवद्धता भएमा आयुर्वेद क्षेत्रलाई अगाडि  बढाउन सकिन्छ । यसको उदाहरण दिँदा चीन र भुटानलाई लिन सकिन्छ ।

भुटान र चीनको संविधानमै प्राथमिक उपचारमै रिफर सिस्टम छ । त्यहाँका आधुनिक चिकित्साले आयुर्वेद  चिकित्सालाई विश्वास गर्छन् र एक अर्कालाई बिरामी रिफर गर्छन् । त्यहाँका राजनीतिक दलहरुले आयुर्वेद चिकित्सा उपचार विधिको धरोहराको रुपमा बुझेका छन् । यहाँ भने परम्परागत भनेर आयुर्वेदलाई वेवास्ता गरिने भएकाले पछाडि परेको हो ।

एमबीबीएसको तेस्रो वर्ष अध्ययन गरेकाहरु प्राक्टिसमा जाँदा उनीहरुले बिरामीलाई पहिलो प्रश्न जडिवुटी सेवन गर्नु भएको छ कि छैन भनेर सोध्ने गर्छन् ?

एमबीबीएस अध्ययन गरेका विद्यार्थीको दिमागमा कुनै मुटु, मिर्गौला, उच्च रक्तचापको बिरामी अस्पताल आएका छन् भने उनीहरुले आयुर्वेद औषधि खाएर आएका हुन्छन् भन्ने धारणा जबरजस्त राखिदिएको पाइन्छ ।

शारीरिक मानसिक रुपमा स्वस्थ रहनका लागि गरिने कार्यजति सबै आयुर्वेदभित्र पर्छ । जडिबुटी खानै हुँदैन भन्ने धारणा भएकाहरुले भान्सामा वेसार, टिमुर, जिरा, मरिच लगायत त खाएकै हुन्छन्, यी पनि आयुर्वेद हुन् ।  आयुर्वेद मात्रा मिलाएर खानुपर्छ । यसबारे काउन्सिल र चिकित्सकहरुले प्रष्ट रुपमा भनेको छन् कि कुनै पनि आयुर्वेद औषधि चिकित्सक, स्वास्थ्यकर्मीको सल्लाहअनुसार सेवन गरेमा असर गर्दैन । 

के जथाभावी एन्टीवाइटिक सेवन गर्दा मुटु कलेजो, खराव गर्दैन र  ? त्यस्तै सल्लाह बिना आयुर्वेदिक खाँदा पनि स्वास्थ्यमा असर गर्छ भन्ने कुरा बुझाउन अति आवश्क छ ।

नेपाली समुदायले उपचारको आयुर्वेद धरोहर हो भन्ने बुझ्नुपर्छ । राजनीतिक प्रतिवद्धतासँगै यस क्षेत्रमा बजेट विनियोजनको आवश्यक पर्छ ।

नेपालमा हाल वार्षिक रुपमा १७ लाख मानिसले आयुर्वेद सेवा लिएका छन् । आयुर्वेद क्षेत्रमा स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति अनुसन्धानको आवश्कता छ । तीतेपातीबारे अध्ययन गरेर चीन सरकारले नोवेल पुस्कार प्राप्त ग¥यो । यद्यपि नेपालले तीतेपाती परापूर्व कालदेखि प्रयोग गर्दै आएको छ ।  यसरी नेपालमा समन्वय अभाव कारण आयुर्वेद क्षेत्र पछाडि परेको हो । आयुर्वेद र आधुनिक मेडिकलको प्राक्टिसबारे समन्वय हुन आवश्यक छ ।

आयुर्वेद विज्ञानले प्रमाणित गरेको पद्धति हो । यो धामी झाँक्री, झारफुकबाट आएको आयुर्वेद चिकित्सा होइन । यो जडिबुटीले यो रोगलाई निको पार्छ भन्ने अध्ययनमार्फत् प्रयोगमा आएको हो ।

आयुुर्वेद  तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा उपाध्यायसंग माया श्रेष्ठले गरेको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप