आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग राजाकाेभन्दा दोब्बर सम्पती !

मङ्गलबार, ०८ कात्तिक २०७९, १६ : २६
मङ्गलबार, ०८ कात्तिक २०७९

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वको दौड जितेपछि ऋषि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लिज ट्रसले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरु भएको नेतृत्व चयनमा सुनकले मात्र आवश्यक सय सांसदको समर्थन पाएपछि उनी स्वत नेता चुनिएका हुन् । 

सुनकको जितले बेलायतमा एक अनौठो इतिहास रचेको छ । इतिहासमा पहिलो पटक देशका प्रधानमन्त्री राजाभन्दा धनी हुने भएका छन् । पूर्व अर्थमन्त्री सुनक र उनकी श्रीमती अक्षता मुर्तिको संयुक्त सम्पती ७३ करोड पाउण्ड(झण्डै ८२.५ करोड डलर) रहेको बताइन्छ । बेलायतका नयाँ राजा चाल्र्स र उनकी पत्नि क्यामिलाको संयुक्त सम्पती भने ३५ करोड पाउण्ड(झण्डै ३९.६ करोड डलर) छ । अर्थात राजा–रानीको भन्दा प्रधानमन्त्री सुनक र उनको श्रीमतीको सम्पती दोब्बरभन्दा बढी छ । 

सुनक यो वर्ष सुरुमा सन्डे टाईम्सले निकाल्ने बेलायतका सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा नाम समावेश हुने प्रमुख नेता बनेका थिए । आधिकारिक आवासको संख्याको हिसाबमा पनि सुनक र देशका राजाबीच झण्डै प्रतिस्पर्धा नै देखिन्छ । 

सन् १९८० मा जन्मिएका डलर–करोडपति सुनक बेलायतको  साउथेम्प्टनमै जन्मिएका थिए । उनका अभिभावक भने सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत बसाइँ सरेका थिए । तर, भारतीय मिडियाहरुले भने ‘ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री ’ भन्दै समाचार लेखिरहेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका सुनक अब राजा चार्ल्स तृतीयलाई भेटेपछि औपचारिक रुपमा प्रधानमन्त्री पद सम्हाल्नेछन् । 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप