पोखरामा जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
बुधबार, ०९ कात्तिक २०७९, १७ : २०
कास्कीमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ । जिल्लाको पोखरा महानगरपालिका–३० शिशुवा बस्ने यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिनित सुवेदीसहित २३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३१ हजार ९ सय ५० रूपैयाँ र १ सेट कौडासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।