आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इराकमा नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत

शनिबार, १२ कात्तिक २०७९, १७ : १९
शनिबार, १२ कात्तिक २०७९

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गरेका छन् । एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि उनले स्वागत गरेको महासचिवका प्रवक्ताले बताएका छन् । 

महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नववठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको महासचिवले बताएका छन् । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप