आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मस्कले निलम्बित ट्विटर खाता सुचारु गरेपनि नचलाउने ट्रम्पको संकेत

आइतबार, १३ कात्तिक २०७९, १९ : ३३
आइतबार, १३ कात्तिक २०७९

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको निलम्बित ट्वीटर एकाउन्ट नचलाउने संकेत गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्वीटर किनेपछि ट्रम्पलगायत धेरै निलम्बित एकाउन्ट पुनःस्थापना हुने भएपनि ट्रम्पले उनकै स्वामित्वमा रहेको ‘ट्रुथ सोशल’बाहेक अरु नचलाउने बताएका छन् । 

‘मलाई इलन मन पर्छ तर म अहिले ट्रुथ सोसलमा छु ,’ ट्रम्पले फक्स न्युजलाई शुक्रबार दिएको एक अन्तर्वार्तामा भने । उनले ट्वीटरको एकाउन्ट पुनःस्थापित भयो भने त्यसमा पोस्ट नगर्ने बताएका छन् । ‘मैले ट्रुथ सोसलमा गरेको पोस्टले नै सबैले मैले भन्न चाहेको कुरा थाहा पाउछन् ,’ ट्रम्पले भने ,‘ट्विटर लगायत अन्य समाजिक संजालमा रहेकाहरुले मेरा ट्रुथ सोसलका पोष्टलाई शेयर गरेर सबैतिर पु¥याउने गरेका छन्  ।’

ट्रम्पका समर्थकहरूले ६ जनवरी २०२१ मा अमेरिकाको संसद भवन क्यापिटल हिलमा आक्रमण गरेपछि फेसबुक, ट्वीटरजस्ता समाजिक संजालले ट्रम्पको एकाउन्ट निलम्बित गरिदिएका थिए । आफूलाई वाक स्वतन्त्रताको कट्टर हिमायती बताउने मस्कले बिहिबार ट्वीटर खरिद प्रक्रिया टुङ्याए । अधिग्रहण सम्पन्न भएलगतै शीर्ष उनले कम्पनीका अधिकारीहरूलाई बर्खास्त गरेका छन् । तर मक्सले हालसम्म ट्वीटरलाई कस्तो बनाउने भनेर खुलाएका छैनन् । 

ट्वीटरको खरिद प्रक्रिया सकिएपछि ट्रम्पले उनकै प्लेटफर्ममा ट्विटर एक ‘सक्षम हातमा’ गएकोमा आफू खुसी भएको बताएका थिए । त्यस पोष्टमा उनले ट्वीटरको प्रतिबन्धित एकाउन्टमा फर्किने नफर्किने उल्लेख गरेका छैनन् । मस्कले ट्विटर स्वामित्व लिएपछि विगतमा निलम्बित एकाउन्टहरू चाँडै पुनःस्थापित हुने आशा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप