आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भोट हाल्ने कसरी ? अब महिला स्वास्थ्य स्वयंसेविकाले ६ हजार वडामा सिकाउनेछन् तरिका

मङ्गलबार, १५ कात्तिक २०७९, १३ : ५०
मङ्गलबार, १५ कात्तिक २०७९

निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म जिल्ला र वडास्तरमा मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम गर्न लागिएको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए ।

  प्रत्येक वडामा एकजना महिला स्वास्थ्य स्वंयसेविकालाई मतदाता शिक्षा दिन परिचालन गर्ने र त्यसका लागि उनीहरूलाई १ दिनको तालिम दिइने आयोगको भनाई छ । देशभर रहेका ६ हजार ४४३ वडामा उनीहरूले भोट हाल्ने तरिका सिकाउनेछन् । 

सबै स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा कार्यक्रम गर्ने आयोगले बताएको छ । त्यसका लागि मतदाता शिक्षा सामग्री जिल्ला र वडा कार्यालयमा पठाइएको छ ।  मतदान गर्न असक्षम व्यक्ति तथा समुदायलाई लक्षित गरी महिला स्वास्थ्य स्वंयसेविका परिचालन गर्ने, त्यसको स्थानीय तहले पनि निगरानी गर्ने आयोगको विश्वास छ ।  

आयोगले सामाजिक सञ्जाल, अनलाइन मिडिया, रेडियो, टेलिभिजन र पत्रपत्रिका मार्फत पनि मतदाता शिक्षा कार्यक्रमलाई अघि बढाउने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप