आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप प्रकरण : सरकारी वकिल र वादीका तर्फबाट ७ जनाको बहस

बुधबार, १६ कात्तिक २०७९, १५ : ३१
बुधबार, १६ कात्तिक २०७९

बलात्कार आरोपमा अदालती प्रक्रियामा रहेका सन्दीप लामिछानेविरुद्धको मुद्दामा बुधबार ७ जनाले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका हुन् । 

थुनछेक बहस अझै जारी रहेको र आज सकिने सम्भावना न्यून रहेको छ । यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस भएको हो । 

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप