युनिलिभरले प्रतिकित्ता १२ सय १५ रुपैयाँ लाभांश दिने
बिहीबार, १७ कात्तिक २०७९, १२ : १२
युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको १७३औँ बोर्ड बैठकले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसअनुसार कम्पनीले आफ्ना लगानीकर्तालाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश दिने छ । नगद लाभांश घोषणा गरेसँगै कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता १९ हजार रुपैयाँभन्दा माथि पुगेको छ । यसका लागि मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज हुनेछ । अर्थात् मङ्सिर ४ गतेसम्म कायम कम्पनीका सेयरधनीहरूले मात्रै कम्पनीको नगद लाभांश पाउनेछन् ।