आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनका उम्मेदवार जिताउन जिल्ला अध्यक्षहरूको आग्रह

शुक्रबार, १८ कात्तिक २०७९, ०७ : २५
शुक्रबार, १८ कात्तिक २०७९

बारामा ५ दलीय वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्ला अध्यक्षहरूले सत्ता गठबन्धन उम्मेदवारहरूलाई जिताउन आफ्ना नेता कार्यकर्ता र मतदाताहरूलाई परिचालन गर्ने निर्णय गरेका छन् ।

५ दलीय गठबन्धन दलका जिल्ला अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई  जिताउन आ आफ्ना नेता, कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका  बारा जिल्ला अध्यक्ष राजेश राय यादवको नेतृत्वमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रभुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष नवल किशोर सिंह, नेकपा एसका बारा जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष जीवनकुमार भट्टराईले संयुक्त रुपमा  हस्ताक्षर गरेका थिए ।

विज्ञप्‍तिमा सत्ता गठबन्धनका उम्मेदवारहरुको पक्षमा प्रचारप्रसार गर्न जिल्ला स्तरीय सयन्त्र बनाउने, ५ दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रत्येक दलले आ–आफ्नो नेता कार्यकर्ता परिचालन गर्ने र   शनिबार सम्पूर्ण उम्मेदवारहरुसँग छलफल गर्ने निर्णय समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप