आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविता : युद्धको छायाँ

शनिबार, १९ कात्तिक २०७९, ०६ : १९
शनिबार, १९ कात्तिक २०७९

आकाश उज्यालो हुनुपर्ने
कालोपोतो दलेर
राक्षसी किन भएको होला ?
पूर्वमा लाली हैन, ज्वारभाटा उठेको छ
क्रिमियामा यतिबेला । 

प्रिय कविका शब्दहरू भोकै छन्् 
मेरो आँखाका परेला काँचै छन् 
युद्धमा दुईवटा लडाकु विमान चिप्लिएर
नदीलाई विकृत पारेका छन् 
खेतबारीमा बालीनाली बाँझै छन् ।

समयको उचित मौसममा
घाँसको अनुचित गला रेटिएको छ 
उल्टो सपना संस्करणमा 
गाईवस्तु र चरनका खर्कहरू 
तोपका गोलाले भरिएका छन् 
गोलीका पुराना खोकाका टुक्रा
पानी बनेर धाराबाट तपतप चुहिन्छन्
तिमीलाई खाली हात देखाएर
अनौठो सलाममा
खाली उपत्यकामा
आकाश लम्बिदै छ
तिम्रो पछाडि छायाँ छ युद्धको । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप