भिल्लासँग युनाइटेडको हार
आइतबार, २० कात्तिक २०७९, २२ : १३
प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । आइतबार राति भएको खेलमा एस्टनले युनाइटेडलाई ३–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा लियोन बेलीले सातौं मिनेटमा गोल गर्दै एस्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
एस्टनलाई जित दिलाउन लेओन बेली, लुकास डिग्ने र जाकोब रेश्मीले एक–एक गोल गरे । जोकब रश्मीले नै आत्मघाती गोल गर्दा युनाइटेडले एक गोल गर्न सफल भएको थियो । जितसँगै एस्टनले १४ खेलमा १५ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ ।
पराजित युनाइटेड २३ अंक जोडेर पाँचौं स्थानमा छ । मुख्य प्रशिक्षक युनाई इम्रीले आफ्नो पहिलो खेलमै एस्टनलाई जित दिलाउन सफल भएका छन् ।