आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका हुन् ?

सोमबार, २१ कात्तिक २०७९, २३ : २८
सोमबार, २१ कात्तिक २०७९

गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेका छन् । उनले अष्ट्रेलियामा स्थानीय समय अनुसार राति २ बजे झुण्डिएर आत्महत्या प्रयास गरेका थिए ।  दूतराज गायिका भूमिका गिरीसहित सांगीतिक कार्यक्रमका लागि अक्टोबर २० तारिखमा अष्ट्रेलिया पुगेका थिए । दुबै जनालाई आयोजकले फ्ल्याटमा राखेको थियो । आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका थिए ।

ढोका खुल्लै भएका कारण गायिका भूमिकाले देखेपछि उनलाई उद्धार गरिएको थियो । आत्महत्या प्रयासको बिषयमा मिडिया विभिन्न प्रकारका समाचार बन्न थालेपिछ भने गायिका भूमिकाले  घटना सामान्य भएको बताएकी छ्न् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै  घटना मिडियामा आए जस्तो नभएको बताएकी हुन् । उनले लेखेकी छन्– ‘केही समय अघिदेखि तिव्र रुपमा प्रकाशनमा आएका न्युजहरुको हेडलाइनहरु हेरे अनि पढे । सामान्य कुरा थियो । तर, जसरी समाचारको माध्यमबाट जुन कुराहरू फैल्याइएको छ । ती सबै वास्तविक होइनन् ।’

उनले थप लेखेकी छन्– ‘यस खालका समाचारहरुकै कारण स्वयं प्रकाश दुतराज भाई, परिवार, साथि(भाई, आफन्त अनि माया गर्नुहुने दर्शक स्रोताहरु मा नकारात्मक प्रभाव पर्न सक्छ ।  प्रकाश भाई, आयोजक र म हामी सबैसँगै अष्ट्रेलियाको विभिन्न शहरहरूमा हुँदै गरेको कार्यक्रमहरूको तयारी गरिरहेका छौं । मलाई धेरै फोन म्यासेजहरु आएको कारण हजुरहरु सबै सबैलाई जानकारी गराउँदैछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप