आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरमा सार्वजनिक सडक समेत बिक्री

मङ्गलबार, २२ कात्तिक २०७९, १३ : ०६
मङ्गलबार, २२ कात्तिक २०७९

सार्वजनिक सडक नै बिक्री हुँदा समेत उदयपुरका सरोकारवाला निकाय निकाय मौन रहेको फेला परेको छ । सगरमाथा लोक मार्ग अन्तर्गत कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– ६ जलजलेमा सडक कै जग्गा बिक्री गरिएको फेला परेको हो । सगरमाथा लोकमार्गको ५२ मिटर क्षेत्रभित्र कै सडक अनाधिकृत रुपमा बिक्री गरेको फेला परेको छ। 

जलजलेमा सवारी कर उठाउन निर्माण गरिएको अस्थायी चेक पोष्ट निर्माण गरिएको सडकको जग्गा त्रियुगा नगरपालिका–११ गाईघाटका ओमभक्त मैनालीले एक महिलालाई बिक्री गरेको फेला परेको छ । उनले जलजलेका ध्रुवप्रसाद चौधरीकी श्रीमती गीताकुमारी चौधरीलाई बिक्री गरेको फेला परेको हो ।

मैनालीले सडक किनारामा रहेको जग्गालाई दुई लाख रूपैयाँमा बिक्री गरेको पीडित महिलाले बताइन् । कपाली तमासुकमा १४ फिट चौडाइ ५० फिट लम्बाइ उल्लेख गरी चौधरीलाई घडेरी भन्दै उपलब्ध गराएका थिए । 

तत्कालीन हिमाली यातायात व्यवसायी संघ हुँदा त्रियुगा नगरपालिका–६ जलजलेमा सिमेन्ट ढुवानी गर्न आउने ट्रकहरूलाई पटके कर उठाउन त्यहाँ ढाट लगाएको थियो । ढाटसँगै सानो छाप्रो बनाइएको थियो । यातायात व्यवसायी संघ गाईघाटका तत्कालीन महासचिव मैनालीले सडकको जग्गा अनधिकृत रुपमा प्रयोग गरि बिक्री गरेको  सार्वजनिक भएको छ । 

२५ वर्षअघि कालोपत्रे भएको सगरमाथा लोकमार्गमा सडक अतिक्रमण गरि बनाएका घर टहरा नहटाउँदा यसरी बिक्री भएको हो । सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा किनबेच भईरहदा समेत सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको आरोप छ । 

कदमाहा(गाईघाट सडक खण्डमा पर्ने जग्गाको नापी कार्यालयले २०६२-१०-०९ र २०६३-०३-०५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो । तत्कालिन निर्माण तथा यातायात मन्त्रालयको २३ माघ ०४६ सार्वजनिक सूचना जारी गरि सडकको नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो ।

पछि २०६० सालमा कदमाहा(गाईघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भू(संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दायाँ २५ मिटर र बायाँ २५ मिटर जग्गाको लगत कट्टा गर्न आदेश दिएको थियो । 

तर, यहाँ त भूमाफिया कै संलग्नतामा सार्वजनिक सडक बिक्री भइरहेको छन् । तत्कालीन हिमाली यातायात व्यवसायी संघ गाईघाटका महासचिव मैनालीले सडकको जग्गा नै निजी जसरी बिक्री गरिदिए पाइएको छ । कालोपत्रे सडक नै बिक्री गर्न सफल हुँदा समेत सम्बन्धित निकाय भने बेखबर छ ।

मैनालीले सामान्य पढलेख पनि गर्न नजान्ने महिलालाई दुई लाख रूपैयाँमा ७ फागुन ०७७ मा बिक्रीनामा कपाली तमासुक बनाई दिएका थिए । पीडित महिलाले भनिन्, 'मलाई स्थानीयी कैलाश कार्कीलाई तमासुक लेख्न लगाई त्रियुगा नगरपालिका–६ जलजलेका रामबहादुर तामाङ, कृष्ण पराजुली, चन्द्रभुषण साहलाई साक्षी राखेर जग्गा दिए ।'  अहिले आरोपी मैनाली भने उनको सम्पर्क मै नभएको बताइन । 
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप