डोटीमा भूकम्पका कारण ८ जना घाइते, मृतकको पोस्टमार्टम गर्न घटनास्थलमा चिकित्सक
बुधबार, २३ कात्तिक २०७९, ०८ : ११
डोटीमा भुकम्पका कारण ६ जनाको मृत्यु भएको छ । भुकम्पमा परेर ८ जना घाइते भएका छन् ।
मृतकको पोस्टमार्टम गर्न घटनास्थलमा नै चिकित्सकको टोली पठाउन लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी मोहन कुमार आचार्यले रातोपाटीलाई बताए ।
गए राति डोटी केन्द्रविन्दु भएर गएको भुकम्पका कारण पुर्वचौगी गापा–३ दौरागाउँमा मानवीय क्षति भएको छ । घाइतेहरुको दिपायल स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।