आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माधव नेपालको आग्रह

बुधबार, २३ कात्तिक २०७९, १४ : ०९
बुधबार, २३ कात्तिक २०७९

नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले डोटीमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको खबरले आफु र आफ्नो पार्टी स्तब्ध भएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त घटनामा परेर मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले भूकम्पबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहत प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्दै त्यसका लागि सहयोग गर्न आफ्नो पार्टीका नेता–कार्यकर्तालाई पनि निर्देशन दिएका छन् ।  

मंगलबार राति ९ बजेर ७ मिनेटमा डोटीको दिपायल केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युट र २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको थियो । भूकम्पले सुदूरपश्चिमका डोटी लगायतका जिल्लामा क्षति पुर्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप