आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

बिहीबार, २४ कात्तिक २०७९, ११ : ५७
बिहीबार, २४ कात्तिक २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्य सूची तोक्दै महासंघले हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४०० र तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ छ । हिजो बुधबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।

मंगलबारको तुलनामा तोलामा १४ सय रूपैयाँ बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रूपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप