आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौलिक जरोकिलो पार्टीका उम्मेदवारले शंकरलाई सघाउने

बिहीबार, २४ कात्तिक २०७९, १६ : ०१
बिहीबार, २४ कात्तिक २०७९

मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रामचन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमाले पार्टी प्रवेश गरेका छन् ।  खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै मुलुकको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने निष्कर्षसहित मौलिक जरो किलो पार्टीको साधारण सदस्य समेत परित्याग गर्दै एमाले गरेको घोषणा गरेका हुन् ।

‘मैले मिति २०७९ असोज २३ गते निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु’, साथै उनले एमाले उम्मेदवार शंकर पोखरेललाई समर्थन गर्ने समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप