आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कविताः मोडलको बाहुलीबाट घोषणा पत्र

शनिबार, २६ कात्तिक २०७९, ०९ : ३१
शनिबार, २६ कात्तिक २०७९

भर्खर बजारमा आएको रक्सीले 
अपेक्षाकृत स्थान ओगट्न नसकेपछि
सुपर मोडलको गालामा टाँसेर 
के विज्ञापन निकालेका थिए
एकाएक बिक्रीको ग्राफले 
उकालो चढ्न थालेपछि
चर्चित भएको थियो रातारात त्यो रक्सी 

यो चुनावको मौसम
सगरमाथामा केवलकार 
लैजाने सम्मका योजनासहित
समाजवाद र अनि साम्यवादको ब्याख्या
उता नौलो जनवादको नौलो ब्याख्यासहित
घोषणा पत्र सार्वजनिक गर्दैछन् 
उही सुपर मोडलको बाहुलीबाट
मख्ख छन् नौलो जनवादको 
पछिपछि हिँडिरहेकाहरु
मख्ख छन् समाचार सम्प्रेषण गर्न पुगेकाहरु
मख्ख छन् मञ्चमा आसिन कमरेडहरु
यता भने नौलो जनवाद आफै 
भौतारी रहेका छन् शिर लुकाउन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप