आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यूएईविरुद्ध बलिङ गर्दै नेपाल, दुई खेलाडीको डेब्यू

सोमबार, २८ कात्तिक २०७९, ०८ : ५७
सोमबार, २८ कात्तिक २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेल सोमबार खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउद र हरिशंकर शाहाले डेब्यू गरेका हुन् । 

आजको खेलमा जित निकाल्दै नेपाल सिरिजमा सहज सुरुवात गर्ने योजनामा छ । यसअघि नेपालले यूएईसँग ६ एकदिवसीय खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा जित निकालेको छ भने यूएईले चार खेलमा जित निकालेको छ ।

पाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । यो खेलमा नेपाल ७८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई १४५ रनले हराउँदा सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित निकाल्न सफल भएको थियो 

नेपालका लागि नयाँ कप्तान रोहित कुमार पौड्यलको पनि परीक्षणको रूपमा आजको खेल रहने छ । रोहितले पहिले पटक राष्ट्रिय टोलीका लागि आधिकारिक रूपमा कप्तानको जिम्मेवारी पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप