संविधान संशोधन गरेर कमजोरी सच्याउँछौँ : महत
ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानमा टेकेर कमजोरीलाई सुधार गर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा-७ गछियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले दुईदुई पटक संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले हात उठाएको दाबी गरे ।
उनले कानुनी शासन, उद्योग स्थापना, रोजगारी सिर्जना गर्ने र पूर्वाधारको विकास गर्न गठबन्धनले जित्नु पर्ने बताए । ५ वर्षभित्र ६५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई भत्ता दिने कुरामा गठबन्धन सहमत भएको बताउँदै उनले नेपाललाई समुन्नत राष्ट्रको दाँजोमा पुर्याउने बताए ।
कुरा गरेर देश अगाडि नबढ्ने भन्दै उनले ओली २ घण्टा बोल्ने तर काम नगर्ने गरेको र कांग्रेस सभापति शेरबहादुर देउवा ५ मिनेट पनि नबोल्ने तर काम गर्ने गरेको बताए । जुटाएर देश चल्ने फुटाएर नचल्ने भन्दै उनले अहिलेको गठबन्धनले सबै दललाई मिलाउने भूमिका खेलिरहेको बताए ।