आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशको भविष्यको फैसला गर्ने दिन मङ्सिर ४ : उपसभापति गुरुङ

बुधबार, ३० कात्तिक २०७९, २० : ५७
बुधबार, ३० कात्तिक २०७९

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले राजनीतिक भविष्यको फैसला गर्ने बताएका छन् ।
गल्याङ–३ मा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति गुरुङले कस्तो नेतालाई मत दिइन्छ यसैका आधारमा भविष्यको फैसला हुने उनले बताए ।

“हामीले कस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यसैको आधारमा भविष्यको निर्धारण हुन्छ”, उनले भने, “जस्तो प्रवृत्तिको नेता चुन्छौँ त्यहीअनुसारको भविष्य निर्धारण हुन्छ, त्यसैले मङ्सिर ४ गते आफ्नो मतबाट फैसला गर्नुहोस् ।” गरिब जनताले खाइ नखाइ तिरेको करबाट ठूला र पहुँच भएकाले राज्यको ढुकुटीबाट स्वास्थ्य उपचार गर्ने तर तिनै जनताले सामान्य बिरामी हुँदा पनि सिटामोलसमेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए । “

गरिब जनताले दिएको मतबाट विजयी बन्ने र राज्यको ढुकुटीबाट स्वास्थ्योपचार गर्ने प्रवृत्ति पनि भ्रष्ट प्रवृत्ति हो”, उनले भने, “हामीले व्यवस्था बदल्यौँ तर अवस्था बदल्न सकिरहेका छैनौँ, भ्रष्ट प्रवृत्तिको विरुद्ध मत दिएर अवस्था बदल्ने दिन मङ्सिर ४ गतेको दिन हो ।”

निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवारले पनि निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप