प्रकाश ज्वालाले सल्यानबाट गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०८ : ४९
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इन्चार्ज प्रकाश ज्वाला‌ले मतदान गरेका छन्।
वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सल्यान प्रतिनिधि सभाका साझा ज्वालले बन्गाड कुपिन्डे नगरपालिका- १ भैरबी प्रावि बेलखोला मतदान स्थलबाट मतदान गरेका हुन् ।
यस मतदान केन्द्रबाट बिहान ७ बजे नै ज्वालाले पहिलो मत खसालेका हुन्। मतदान पछि प्रतिक्रिया दिँदै ज्वालाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।