आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्वीटरमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको पुनरागमन

आइतबार, ०४ मङ्सिर २०७९, ०९ : १७
आइतबार, ०४ मङ्सिर २०७९

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा पुनरागमन गरेका छन् । ट्वीटरले उनको निलम्बित अकाउन्टलाई पुनर्बहाली गरेको हो ।

ट्वीटरका नयाँ प्रमुख एलन मस्कले यसअघि डोनाल्ड ट्रम्पका बारेमा जनमत सर्वेक्षण गरेका थिए । यस क्रममा युजर्सहरुसँग ट्वीटरमा ट्रम्पको पुनरागमन हुनु पर्छ कि पर्दैन भन्ने सोधिएको थियो ।

सर्वेक्षणमा लगभग ५२ प्रतिशत अर्थात् १५ मिलियन युजर्सले ट्रम्पको पुनरागमनको पक्षमा मत दिएका थिए । एलन मस्कले तिनै मतदाताको भावनालाई सम्मान गर्दै ट्वीटरमा ट्रम्पलाई फेरि स्थान दिएका हुन् । यद्यपि ट्रम्पले आफूलाई ट्वीटरमा फर्कन कुनै रुची नभएको बताएका छन् । विकल्पका रुपमा उनले आफ्नै सोशन मिडिया प्लेटफर्ममा बस्न रुचाएको जनाएका छन् ।

ट्रम्पलाई गत वर्ष जनवरीमा वासिंटनको क्यापिटल बिल्डिङमा भएको हमलालाई मध्यनजर गर्दै ट्वीटरबाट उनको अकाउन्ट निलम्बन गरिएको थियो । त्यसपछि ट्रम्पले एक निजी सोशल मिडिया प्लेटफर्म ‘ट्रुथ सोशल’ लञ्च गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप