प्रभु शाहले रौतहटबाट गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १० : ११
स्वतन्त्र उम्मेदवारी दिएका नेता प्रभु शाहले मतदान गरेका छन् । रौतहट क्षेत्र नम्बर ३ स्थित मौलापुर मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मतदानपछि उनले भने -'आफ्नो अमूल्य मतको सदुपयोग गरी क्षेत्रसहित देशलाई सही मार्गदर्शन गर्नका लागि अनिवार्य रुपमा मतदानमा सामेल हुन सम्पूर्ण मतदाता समक्ष हार्दिक अपिल समेत गर्दछु ।'