मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु
आइतबार, ०४ मङ्सिर २०७९, १० : १९
मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।