साइत हेराएर राजेन्द्र लिङ्देनले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १२ : ३८
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक प्रचलनअनुसार साइत हेराएर मतदान गरेका छन् । उनले आइतबार बिहान ११ बजेको शुभ साइतमा मतदान गरेका हुन् ।
झापाको हल्दिवारी गाउँपालिका वडा नं १ को वडा कार्यालय मतदान केन्द्रमा उनी मत खसाल्न पुगेका हुन् । हिन्दुरावादी पार्टी राप्रपाका अध्यक्ष लिङ्देन झापा–३ मा उम्मेदवार छन् ।