आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रौतहट–१ मा माधव नेपालको अग्रता कायमै

मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : ०४
मङ्गलबार, ०६ मङ्सिर २०७९

रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य तर्फको पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धन तर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष नेपाल १ हजार २०५ मतले अगाडि छन् । नेपालले ४ हजार ८२१ प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार अजयकुमार गुप्ताले ३ हजार ६१६ प्राप्त गरेका छन् । 

रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न पार्टीका आठ र नौ जना स्वतन्त्रसहित कूल १७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप