यी स्थानमा स्वतन्त्र उम्मेदवारको अग्रता, को कहाँ ?
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ०४
आइतबार भएको निर्वाचनको मतगणनामा देशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । बर्दिया २ मा लालवीर चौधरीले अग्रता बनाएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् । रेशमको सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी खारेज भएपछि लालवीरलाई उन्मुक्तिले समर्थन गरेको थियो ।
यसैगरी महात्तरी ३ मा रामआधार कापर, मोरङ ५ मा योगेन्द्र मण्डल, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह, सर्लाही १ मा मानबहादुर खड्का र सर्लाही ४ मा अमरेशकुमार सिंहको अग्रता छ ।