आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आस्था राउतको नयाँ गीत ‘कोसिस गर’ सार्वजनिक

मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ०९
मङ्गलबार, ०६ मङ्सिर २०७९

गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ ।

साबित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत भएकी छन् । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहिन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाएका छन् ।

दृष्टिविहिनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहिनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायतका दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।

भिडियोमा गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । यो गीतको भावमा जसले जे रंग पनि लगाउन सक्छ । त्यो आफ्नो बुझाईमा भर पर्ने हो’ गायिकाले भनिन् ।

भिडियोमा गायिका आस्थाको अलवा ‘द भ्वाइस अफ नेपाल’ की रीता राई, ईश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्व फिचर्ड छन् । भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप