कर्णालीमा माओवादीले बल्ल खोल्यो खाता, सल्यानका शर्मा भारी मतान्तरले विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ०५ : ५२
नेकपा माओवादी केन्द्रले कर्णालीमा बल्ल खाता खोलेको छ । सल्यान (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएसँगै माओवादीले प्रदेशमा आफ्नो उपस्थिति जनाएको हो ।
शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरेका हुन् । उनले गिरीलाई ८ हजार १४ मतान्तरले पराजित गरेका हुन् ।
शर्माले २२ हजार २४३ मत प्राप्त गर्दा एमालेका गिरीले १४ हजार २२५ मत पाए ।