आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गगन थापालाई इतरपक्षको साझा उम्मेदवार बनाउने तयारी

मङ्गलबार, ०५ पुस २०७९, १२ : ०६
मङ्गलबार, ०५ पुस २०७९

नेपाली कांग्रेसको इतर पक्षले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका रुपमा साझा उम्मेदवार बनाउने तयारी गरेको छ । मंगलबार बिहान राजधानीको एक होटलमा भएको इतर पक्षको बैठकले थापालाई साझा उम्मेदवार बनाउने विषयमा समझदारी भएको हो । 

यो बैठकलगत्तै फेरि होटल बसेरामा बैठक बसेर नेता शेखर कोइरालाले गगन थापालाई साझा उम्मेदवार प्रस्ताव गर्ने एक नेतालाई बताए । उक्त बैठकमा इतर पक्षका नेता र सांसदहरुको सहभागिता रहने बताइएको छ । 

यसअघि शेखरले पनि संसदीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए । तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका हुन् । 

यस्तै संस्थापन पक्षबाट भने देउवा उम्मेदवार हुने भएका छन् । आजै संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन अनुसार मनोनयन दर्ता हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप