आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इतर समूहको साझा उम्मेदवार तय गर्न बैठक जारी

मङ्गलबार, ०५ पुस २०७९, १२ : ४५
मङ्गलबार, ०५ पुस २०७९

गगन थापालाई कांग्रेसको इतरपक्षबाट संसदीय दलको निर्वाचनमा साझा उम्मेदवार बनाउनेबारे निर्णय लिन बैठक सुरु भएको छ । सिंहदरबार नजिकैको होटल बसेरामा बैठक बसिरहेको हो । 

बैठकमा महामन्त्री थापालाई संसदीय दलको साझा उम्मेदवारको रुपमा नेता शेखर कोइरालाले प्रस्ताव गर्नेछन् । 

यसअघि होटल एम्बासडरमा बसेको इतर पक्षको बैठकले गगनलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुसार शेखरले आफ्नो दाबी छाडेका थिए । बैठकमा इतरपक्षका सबै सांसदको उपस्थिति रहेको छ।  

कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप