आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गगन थापाको प्रस्तावक शेखर, समर्थकमा धनराज र विश्वप्रकाश

मङ्गलबार, ०५ पुस २०७९, १३ : ०३
मङ्गलबार, ०५ पुस २०७९

नेपाली कांग्रेसको इतर पक्षले पार्टी संसदीय दलको नेतामा सिफारिस गरेको गगन थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र  महामन्त्री विश्वकप्रकाश शर्मा रहने भएका छन् । 

मंगलबार अपराह्न सिंहदरबार स्थित होटल बसेरामा बसेको इतर पक्षको बैठकले कोइराला र गुरुङलाई प्रस्तावक र समर्थक बनाउने निर्णय गरेको हो । ​कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । संसदीय दलमा संस्थापन पक्षबाट भने शेरबहादुर देउवा उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप