आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसका सांसदलाई दीपकको कटाक्ष : घाँस खान छाडेर परालतिर जान्छ कोही ?

बुधबार, ०६ पुस २०७९, २१ : ३५
बुधबार, ०६ पुस २०७९

नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा चुनिएका छन् । बुधबार गरिएको दलको नेता चयन निर्वाचनमा प्रतिस्पर्धी गगन थापाले २५ मत प्राप्त गर्दा देउवाले ६४ मत पाएका थिए । सामाजिक सञ्जालमा यो विषयलाई लिएर विभिन्न खालको टीकाटिप्पणी भैरहेका छन् ।

यसैबीच, समसामयिक विषयमा टीकाटिप्पणी गर्न माहिर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो विषयमा कटाक्ष गरेका छन् । उनले लेखेका छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छाडेर परालतिर जान्छ कोही ?’

दीपकले कांग्रेसका सांसदहरु घाँस खान छाडेर परालतिर नजाने भन्दै व्यङ्ग्य गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप