आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ : महासचिव पोखरेल

शुक्रबार, ०८ पुस २०७९, १४ : ०७
शुक्रबार, ०८ पुस २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता सिर्जना हुँदै गएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले मुलुकमा अब बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए । उनले यो जनादेशले मुलुकलाई सहि बाटोमा अघि बढाउन नसक्ने समेत बताए ।

वामपन्थीहरु एकजुट हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘सत्तारुढ गठबन्धनले पनि जनादेश गुमाएको छ प्रतिपक्षले पनि सफलता पाउन सकिरहेको छैन । वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ। यो नै मुलुकको लागि फाइदाजनक हुन्छ। गठबन्धन समाधान होइन,  गठबन्धनबाट भविष्य निर्माण हुँदैन ।’ उनले दलहरू असफल भएको समेत बताए । उनले भने, ‘इतिहासबाट पाठ लिउँ तर भारी नबोकौँ । भविष्य कस्तो बनाउने भन्ने कुरामा ध्यान दिन आवश्यक छ।’

महासचिव पोखरेलले राज्य सञ्चालनमा स्वार्थको सौदाबाजी भइरहेको समेत बताउँदै  नयाँ जनादेशलाई सम्मान गर्ने कुरामा साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए । नेपाली राजनीतिमा विश्व राजनीतिको प्रभाव पर्दै गएको बताउँदै उनले यो बारेमा सुझबुझ राख्नुपर्ने बताए । उनले भने– ‘विश्व राजनीतिको प्रभाव नेपाली राजनीतिमा परिरहेको छ भन्ने कुरा किन हामीले बुझ्दैनौँ ?’

पोख्रेलले नेपाली पत्रकारिता क्षेत्रले जुन मान्यताबाट अघि बढ्नुपर्ने हो त्यसबाट विचलित भएको बताए । उनले राष्ट्रपतिप्रति प्रयोग गर्ने भाषामा नेपाली सञ्चारमाध्यमले एउटै भाषा प्रयोग गरिरहेकामा असन्तुष्टि व्यक्त गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप