आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘चि मुसी चि’ को गीतमा किन निरास प्रियंका ?

मङ्गलबार, १२ पुस २०७९, १२ : १२
मङ्गलबार, १२ पुस २०७९

‘चि मुसी चि’ आगामी २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदो गर्दा निर्माण युनिटले ‘कथा’ बोलको एक गीत सार्वजनिक गरेको छ ।

गायिका डा. त्रिशला गुरुङको स्वर, रोहित शाक्य, बिराज गौतमको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई प्राथमिकतामा राखिएको छ । उनी निराश मुद्रामा देखिएकी छिन्, भने आयुष्मान देशराज जोशी उनको साहरा बनेका छन् । प्रियंका र आयुष्मानको अलवा गीतमा ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा पनि देख्न सकिन्छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रवीन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । फिल्म हरर जनरामा निर्माण भएको हो । 

मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेका छन् । दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । रिञ्जु केसी निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप