आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अग्निको डिजे गीत ‘र्याट्ट र्याट्ट’ मा सरोज र आभा

बुधबार, १३ पुस २०७९, ०७ : ५५
बुधबार, १३ पुस २०७९

अग्नि पराजुली र अस्मिता अधिकारीको स्वरमा रहेको नेपाली डिजे गीत ‘¥याट्ट ¥याट्ट’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरोज प्रजा र आभा थापाको अभिनय छ ।

ओम कुमारी पराजुलीको प्रस्तुतिमा बनेको यस गीतमा शब्द तथा संगीत गायक पराजुलीको नै रहेको छ । गायक पराजुलीका ‘घायल बन्देउ न’, ‘उर्वशी’ लगायतका गीत चर्चित छन् । डिजे गीतहरु खोज्ने क्रममा नेपाली गीतहरु कम मात्रामा भेटिने भएका कारण यो गीत आफूले बनाएको गायक पराजुलीले बताए ।

दिनेश पराजुलीले छायांकन गरेको भिडियोका सम्पादक बिर बहादुर थारु हुन् । यसलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् भने देव दोर्जे लामाको कोरियोग्राफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप