आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टेक तामाङको नयाँ गीत ‘तिमी सागर’ मा रामकृष्ण र मेलिनाको स्वर

बुधबार, १३ पुस २०७९, ०८ : २४
बुधबार, १३ पुस २०७९

गीतकार टेक तामाङको नयाँ कोसेली ‘तिमी सागर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कन्काइष्ट राईको सङ्गीत, रामकृष्ण ढकाल र मेलिना राई स्वर रहेको गीतमा साहस शाक्यको सङ्गीत संयोजन छ । 

गीतमा जलचक्रको माध्यमबाट हिमाल र सागरको अनवरत मिलन भए जस्तै प्रेम एक अनुभूति हो । जसलाई भौगोलिक दूरीले त्यति फरक पार्दैन भन्ने भावभूमिमा सृजना भएको छ ।

एभरेस्ट ग्यालरीको ब्यानरमा बनेको म्युजिक भिडियोमा सनम कठायत र रिचा थापाका अभिनय छ । दीपक गिरीको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो जनक सिंहले निर्देशन गरेका हुन् । 

गीतकार तामाङको यसअघि ‘नजिक भएर पनि’, ‘तिमीलाई माया गर्छ’, ‘आमा’, ‘जीवनसाथी’, ‘माया गरेर हेर’, ‘मै खुकुरी अघिसरी’ लगायत आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत बजारमा आइसकेका छन् । 

नेपाल प्रहरी सेवाको डिआइजी पदमा कार्यरत गीतकार तामाङले एक हातमा कर्तव्य बोध बन्दुक भएपनि अर्काे हातमा कलम बोकेर पनि निरन्तर सिर्जना गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप