आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा बैठक सुरु

बुधबार, १३ पुस २०७९, १३ : ०५
बुधबार, १३ पुस २०७९

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । महामन्त्री भुवन पाठकका अनुसार बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । 


राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णीत छ। यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।

यता पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने पार्टी कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा छन् । सरकारलाई समर्थनको निरन्तरताका लागि पनि राप्रपाले कम्तीमा ३ वटा सर्त राख्नु उपयुक्त हुने उनको माग छ । जसमा पुस २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस घोषणा गर्ने, संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे औपचारिक रूपमा सङ्कलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गर्ने र जनताको चाहाना अनुरूप निर्णय गर्ने  र च्च स्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्ने रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप