आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थपूर्ण जीवन बाँच्न सिक

शनिबार, १६ पुस २०७९, ०८ : ३७
शनिबार, १६ पुस २०७९

ती दिनहरू
तबसम्म सजिला थिए,
जबसम्म नेपालीका 
स्वाभिमानी पाखुरा बलिया थिए ।
हरेक समाज, देशका लागि 
गरिने सम्झौताहरू
विचार, सल्लाह गरेर मात्र 
अगाडि बढ्थे ।

आज त हिजोका तिनै पू्र्खाहरू
कमजोर भए, बनाइए 
जुन दिन अफ्ठ्यारोमा परिन्छ 
जब निस्कन नसक्ने गरी  
दलदलमा फँसिन्छ
त्यतिबेला  सल्लाह दिने  बुढापाका
सल्लाह दिने आफन्त अनि साथीभाइ 
सबैको  याद झल्झली आई रहनेछ ।

अनि त्यस पछाडिका दिनहरू
लौरो र वैशाखी खोज्दै
आत्मविश्वासको पाइला गुमाएर
पछुतो नै पछुतो हुनेछ
अन्तिममा 
परिश्रमी र स्वावलम्बी भएर बाँच्न खोज्दा
जीवन धेरै टाढा पुगिसकेको हुनेछ ।
त्यसैले,
टेक्ने खुट्टाहरू 
र बोलिने आवाजहरू जहिले पनि
अर्थविनाको होइन कि अर्थ बोकेको हुनुपर्छ 
इमानदारिता र स्वाभिमान बोकेको हुनुपर्छ  

हालः अमेरिका  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप