आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरमाथि काठमाडौंको जित

आइतबार, १७ पुस २०७९, १३ : ००
आइतबार, १७ पुस २०७९

नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर १ बलमा अलआउट भएर ९० रन मात्र बनायो । जनकपुरका लागि ओपनर अरफुदिन असरफले ३३ रन बनाए । त्यस्तै सोमपाल कामीले २१ रन बनाउँदा खडक बोहोराले १० रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

काठमाडौंका लागि अभिनास बोहोराले चार विकेट लिए । त्यस्तै  अजमतुल्लाह उमरजाईले २ विकेट लिँदा कमलसिंह ऐरी,अनिल खरेल र बसिर अहमदले समान १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । काठमाडौंका लागि सुनाम गौतमले ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रायन बर्लले अविजित ६१ रनको अर्धशतकीय पारी खेल्दा एलेक्स ब्लेक २० रन जोडे ।

जनकपुरका लागि जितेन्द्र मुखियाले २ विकेट लिए । त्यस्तै शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले समान १÷१ विकेट लिए । जितसँगै काठमाडौं ५ खेलमा ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । पराजित जनकपुर ६ खेलमा ८ अंकका तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप