साउथ चाइना सीलाई लिएर अमेरिका र चीनबीच बढ्यो टकराव
आइतबार, १७ पुस २०७९, १३ : २०
चीनको रक्षा मन्त्रालयले शनिबार एक अमेरिकी लडाकु विमानले दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ ।
यो घटना दश दिन अघिको हो । चीनले अमेरिकी लडाकु विमानले चिनियाँ विमानलाई चुनौती दिँदै चिनियाँ पाइलटको ज्यान जोखिममा पारेको बताएको छ ।
यस हप्ताको सुरुमा अमेरिकी सेनाले चिनियाँ नौसेनाको लडाकु विमान अमेरिकी विमानको तीन मिटर टाढाबाट यात्रा गरेको बताएको थियो ।
स्थिति टक्करको विन्दुमा पुगेको र अमेरिकी विमान यसबाट बच्न बाध्य भएको अमेरिकाले जनाएको छ ।
अमेरिकी पक्षका अनुसार यो घटना पारसेल टापु नजिकैको विवादित क्षेत्रमा भएको हो ।
चिनियाँ प्रवक्ताले अमेरिकाले यस घटनाको जानकारी दिएर अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित गरेको बताएका छन् ।
चीन, ताइवान र भियतनामले पारासेल टापुहरू वरपरको पानीमा आफ्नो अधिकार दाबी गर्छन् ।