अर्थतन्त्रको समस्या हाम्रो काबु बाहिर छैन : अर्थमन्त्री पौडेल
आइतबार, १७ पुस २०७९, १५ : ०६
नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले देशमा अर्थतन्त्रमा समस्या रहेपनि यसको समाधानकातर्फ सरकार रहेका बताएका छन् ।
पौडेलले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै अर्थतन्त्रका समस्या रहेपनि यसको सुधार गर्न सक्ने बताएका हुन ।
उनले भने, ‘हामो अर्थतन्त्रमा समस्या छ । तर, परिस्थिति हाम्रो काबु बाहिर छैन । यसको समाधानतर्फ गरेर छिटै देशलाई अर्थिक विकासमा लैजान्छौं ।’
पौडेलले पोखरालाई विभिन्न नाकासँग जोडेर प्रदेशलाई अर्थिक विकासमा लैजान सरकारको ध्यान केन्द्रीत हुने बताए ।