टोटनहम पराजित, चेल्सी रोकियो
टोटनहम हटस्पर्स आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार राति भएको प्रिमियर लिग अन्तरगतको खेलमा स्पर्स ०–२ गोलले पराजित भएको हो ।
गोलकिपर ह्युगो लोरिसको गल्तीको फाइदा उठाउँदै इमिलियानो बुएन्डियाले भिल्लालाई अग्रता दिलाएका थिए भने डगलस कोस्टाले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए । योसँगै उनाई एम्रीको नेतृत्वमा भिल्लाले लगातार दुई अवे खेल जित्न सफल भएको छ । जीतपछि भिल्ला १७ खेलबाट २१ अंक बटुल्दै लिगको १२ औँ स्थानमा रहेको छ । स्पर्स समान खेलबाट ३० अंकसहित लिगका पाँचौँ स्थानमा छ ।
आइतबार नै भएको अर्को खेलमा चेल्सी नटिङहम फरेस्टसँग बराबरीमा रोकिएको छ । खेलको १६ औँ मिनेटमा राहिम स्टर्लिङले चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा सर्जी औरियरले बराबरी गोल फर्काएका थिए ।
चेल्सी १६ खेलबाट २५ अंक बटुल्दै लिगको आठौँ स्थानमा छ । फरेस्ट भने १७ खेलबाट १४ अंक बटुल्दै लिगको रेलिगेसन जोनमा रहेको छ ।