आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपा बैठकमा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी

सोमबार, १८ पुस २०७९, १९ : ३५
सोमबार, १८ पुस २०७९

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको पहिलो दिनको बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राई र पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रतिवेदन पेस गरेका छन् । बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ । 

एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरूले नाम टिपाएका छन् । आज २७ जना नेताहरूले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । आज बोल्ने अधिकांश वक्ताहरूले निर्वाचनको निर्मम समीक्षा हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग उठाएका छन् । निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरूले तर्क राखेका छन् । बाँकी एजेन्डामाथि भोलि छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप