दिल्लीमा भएको एक विभत्स दुर्घटना : स्कुटीमा एक्ली थिइनन् मृतक
मङ्गलबार, १९ पुस २०७९, ०९ : ५५
दिल्ली पुलिसले मंगलबार बिहान कान्झावाला केसमा नयाँ जानकारी दिएको छ, जसका अनुसार घटनाको समयमा मृतक स्कूटीमा एक्लै थिइनन् ।
समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसले भनेको छ, ‘जब हामीले मृतकको रुटको जाँच गर्यौं, तब थाहा भयो कि उनी आफ्नो स्कुटीमा एक्लै थिइनन् ।’
दुर्घटना हुँदा उनीसँगै एक महिला पनि थिइन्, जो घाइते भएर घटनास्थलबाट भागेकी थिइन् । तर मृतकको खुट्टा कारमा अड्किएपछि उनी गाडीमा घिसारिइन् ।
युवतीको शरीर गाडीसँगै ‘केही किलोमिटर’ तानिँदा उनको टाउकोको पछाडिको हिस्सा र शरीरको पछाडिको भाग नराम्रोसँग घिसारिएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले यस विषयमा दिल्ली पुलिससँग विस्तृत रिपोर्ट मागेका छन् ।
यसपछि दिल्ली प्रहरीले विशेष आयुक्त शालिनी सिंहको अध्यक्षतामा छानबिन समिति गठन गरी जतिसक्दो चाँडो छानबिन प्रतिवेदन तयार गर्न भनेको छ ।