आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘टुट्नु थियो टुट्यो मुटु’ गीत पुनः रेकर्ड गरिएकोमा गायक सुदीप गिरीको आपत्ति, कानूनी उपचार खोज्ने

मङ्गलबार, १९ पुस २०७९, १० : ५२
मङ्गलबार, १९ पुस २०७९

‘टुट्नु थियो टुट्यो मुटु, अब जोड्दिनँ, छुट्नु थियो, छुट्यो साथ, अब बोल्दिनँ’

२० वर्ष अघिको यो बोलको गीत निकै चर्चित गीत मध्येको एक हो । यो गीतलाई सुदीप गिरीले लेखेका हुन् । गीतमा सङ्गीत र स्वर पनि उनै सुदीप गिरीले भरेका छन् । तर पछिल्लो समय यो बोलको गीत पुनः रेकर्ड गरिएको छ । गीत रेकर्ड मात्रै होइन, यसको म्युजिक भिडियोसमेत बनाइएको छ ।

यही कुरामा यो गीतका मूल गायक तथा सर्जक सुदीप गिरीले घोर आपत्ति जनाएका छन् । रिबेल क्रियसन्स नामक कम्पनीले पुनः रेकर्ड गरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् । यसबारे गिरीले आफ्नो फेसबुक अकाउन्टमा यसबारे खुलेर कुराकानी गरेका छन् । उनले रिबेल क्रिएसनका मालिक गगन प्रधान र गायक इन्द्र मानन्धरविरुद्ध नेपालको कानुन अनुसार यसको समाधान खोज्ने जानकारीसमेत दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, २० वर्ष अघि म्युजिक रेकर्ड केटिएममा रेकर्ड गरिएको, २०६० सालमा रिबेल क्रिएसन नामक कम्पनीबाट सार्वजनिक गरिएता पनि कहिल्यै यस कम्पनीलाइ कपिराइट नबेचेको, मेरो शब्द , सङ्गीत र स्वरमा रहेको, सबैले मन पराउनु भएको ‘टुट्नु थियो टुट्यो मुटु’ बोलको गीत आज मलाई थाहै नदिई यस कम्पनीले पुनः रेकर्ड गरेर भिडियोसमेत सार्वजनिक  गरिएकोमा मेरो घोर आपत्ति छ ।’

यसका साथै उनले थपेका छन्, ‘मेरो वौद्धिक सम्पतिको मालिक म स्वयं भएको र आजसम्म मेरो बौद्धिक सम्पतिको कपिराइट कुनै पनि कम्पनीलाइ नबेचेको कुरा सार्वजनिक गर्दछु ।’

sudipउनले यसविरुद्ध कानुनी उपचारमा समेत जाने चेतावनी दिएका छन् । यसबारे उनले लेखेका छन्, ‘रिबेल क्रिएसनका मालिक गगन प्रधान र गायक इन्द्र मानन्धरको मिलेमतोमा मेरो मूल गीतको चोरी गरि आफ्नै ढंगबाट पुनः रेकर्ड गर्दै सार्वजनिक गरेर पैसा कमाउने र सस्तो लोकप्रियता पाउन खोज्ने घटिया र निच प्रयासको मन देखि नै घोर भर्त्सना गर्दछु र नेपालको कानुन अनुसार यसको समाधान पनि खोज्ने छु ।’

अन्त्यमा उनले लेखेका छन्, ‘यस्तो तल्लो स्तरको व्यवहारलाई मूल्याङ्कन गर्ने अधिकार तपाईंहरु गीत–सङ्गीत प्रेमीहरुको हातमा रहेको कुरा पनि स्मरण गराउन चाहन्छु ।’

सुदीपको यो फेसबुक पोस्टलाई द स्याडोज नेपाल तथा स्वर प्रोजेक्टका भोकलिस्ट स्वप्निल शर्माले पनि सेयर गरेका छन् ।

उनले गिरीको उक्त पोस्ट सेयर गर्दै लेखेका छन्, ‘एउटा अर्टिस्ट यसरी नै कराउँछ , अन्त्यमा केहि सीप लाग्दैन अनि हराउँछ !!! तर के नै हुन्छ र यहाँ ??’ 

उनले थपेका छन्, ‘सुदीप गिरी यो गीत सधैँ तिम्रो सम्पत्ति थियो र हो, त्यसैले यसका लागि लड । गगन प्रधान दाइ, तपाईंलाई लाज लाग्नु पर्ने हो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप