लेखक कांग्रेसको मुख्य सचेतक पदमा मनोनित
मङ्गलबार, १९ पुस २०७९, १३ : ०७
नेपाली कांग्रेसका सांसद् रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनित भएका छन् । नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।