शीर्ष स्थानको आर्सनल बराबरीमा रोकियो
बुधबार, २० पुस २०७९, ०८ : १२
प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल न्युकासलसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा आर्सनलले न्युकासलसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा रोकिनु परेको हो ।
आर्सनलले न्युकासलको पोष्टमा १७ उत्कृष्ट सटहरु प्रहार गरेको थियो । यो बराबरीसँगै आर्सनल १७ खेलमा ४४ अंक जोडेको तालिकाको शीर्ष स्थानमा यथावत नै छ । यता न्युकासल १८ खेलमा ३५ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै फुलहमले लेस्टर सिटीलाई १–० ले हराएको छ ।