रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक
बुधबार, २० पुस २०७९, ०८ : २९
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा सार्वजनिक भएका छन् । साउदी क्लबले मंगलबार राति घरेलु मैदान म्रसोल पार्कमा एक विशेष समारोह गर्दै रोनाल्डोलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यक्रममा रोनाल्डोले अब आफ्नो युनाइटेडसँग कुनै सम्बन्ध नभएको बताएका छन् । आफू नयाँ चुनौतीका लागि साउदी आएको बताए । ‘म यहाँ नयाँ चुनौतीका लागि आएको हु । अब युनाइटेडसँग मेरो कुनै सम्बन्ध छैन्,’ रोनाल्डोले भने । रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
रोनाल्डो २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो । रोनाल्डोले म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गर्दै अल नसर आएका हुन् ।